April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

बजेट उत्साहित हुने खालको छैन: कांग्रेस

940

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१/०८२ ला लागि प्रस्तुत बजेट उत्साहित हुने खालको नरहेको बताएको छ ।

प्रस्तुत बजेटबारे प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले यो बजेटले जे कुरा बोलेको छ, त्यो पूरा नहुने बताए। उनले बजेटमा सम्बोधन गर्नुपर्ने विषय प्राथमिकीकरण नभएको तथा बजेटमा लामो समयदेखिको विकृतिलाई अन्त्य गर्ने कार्यायोजना पनि नरहेको बताए ।

सरकारले आगामी आवका लागि कूल खर्च १८ अर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ ।

Advertisement

कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड र पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड तथा वित्तीयतर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रहेको अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत बजेटमा उल्लेख छ ।