September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

530

काठमाडौं । नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

आज बिहान ८ः४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै गरका सापकोटाको विमानस्थलमा सुरक्षा जाँचका क्रममा झोलामा ठूलो मात्रामा नगद फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् ।

Advertisement