काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय भएको छ ।
सरकारी वकिलको कार्यालय, काठमाडौंले कानुन जारी हुनुभन्दा पहिले ललितानिवास जग्गा अनियमितता भएको निष्कर्षसहित किर्तेको अभियोगमा मात्रै कारबाही गर्ने माग दाबी लिएको हो ।
सरकारी वकील कार्यलयले संगठित अपराधसम्बन्धी कानून जारी हुनुभन्दा पहिले नै यो अपराध भएको ठहर गरेको छ ।