May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

‘बाराही सेदी’ले सर्वसाधारणका लागि सेयर पनि जारी गर्ने

1.8K

काठमाडौं । पोखराको सेदीमा निर्माणाधीन पाँचतारे स्तरको होटेल ‘बाराही सेदी’ले सर्वसाधारणका लागि सेयर पनि जारी गर्ने भएको छ ।

पोखरा, काठमाडौं र चितवनमा ‘बाराही’ ब्राण्डमा होटेल तथा सिरोर्ट सञ्चालन गरिरहेको बाराही हस्पिटालिटीले नयाँ लक्जरी होटेल निर्माण गर्न लागेको हो ।

पोखराको फेवातालको दक्षिणी मोहडा नजिक निर्माणाधीन होटेलको ४६ प्रतिशत काम सकिइसकेको कम्पनीले जानकारी दिएको छ ।

Advertisement

यो होटेलमा कुल ६ अर्ब लगानी हुने अनुमान छ । यसमा सर्वसाधारणको समेत स्वामित्व रहने गरी कम्तीमा १० प्रतिशत आइपीओ जारी गर्ने योजना रहेको छ ।

होटलको ५१ प्रतिशत सेयर बाराही ग्रुपको रहने भएको छ । १० प्रतिशत आइपिओ जारी गर्ने र ३९ प्रतिशत प्रमोटर सेयर संकलन भइरहेको छ ।

यो होटेल प्रोपर्टीलाई लगानीकर्ताहरुले सार्क सम्मेलन वा अन्तर्राष्ट्रिय स्तरको सम्मेलनका लागि उपयुक्त हुने गरी सुविधा सम्पन्न बनाउने योजना रहेको छ ।