November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

धादिङमा उठेन ४१ करोड विद्युत महशुल

1.1K

धादिङ । धादिङमा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ विद्युत् महशुल उठ्न बाँकी रहेको छ ।

नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाले जानकारी दिएअनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र २७ करोड ५९ लाख ६४ हजार महशुल तिर्न बाँकी छ। महशुल नतिर्ने एक हजार ७४८ जनाको विद्युत् लाइन काटिए पनि १७७ ग्राहकले अझैसम्म महशुल तिरेका छैनन्। १०३ जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ।

लाइन काटेपछि चार करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए। कालोसूचीमा परेका उपभोक्ताबाट ३७ लाख १२ हजार असुल गर्न बाँकी छ। धादिङ शाखाले गत आर्थिक वर्ष २०७९÷८० मा एउटा ग्राहकको रकम उठाउन काठमाडौं र भक्तपुरमा समेत उनीहरूको घरमा लाइन काटेको कार्यालय जनाएको छ ।

Advertisement