November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाल सरकारको १० वर्षे अवधिको २० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशन

२०७७ कार्तिक १७

3.1K

काठमाडौं– नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले १० वर्ष अवधिको २० अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री खुला गरेको छ। राष्ट्र बैंकले ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गर्नेछ। यसका लागि राष्ट्र बैंकले कात्तिक १९ गते बोलकबोल गर्ने जनाएको छ।

उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संघठित संस्था तथा नेपाली नागरिकले भाग लिन सक्नेछन्। उक्त ऋणपत्र धितो राखेर लिन तथा दिन पाइने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र धनीले अर्थवार्षिक रुपमा व्याज प्राप्त गर्न सक्ने छन्।

राष्ट्र बैंकले प्रतिस्पर्धी बोलकबोलकर्ताको लागि १७ अर्ब रुपैयाँ र अप्रतिस्पर्धीहरुको लागि तीन अर्ब रुपैयाँ छुट्टाएको छ। बोलकबोल गर्दा सबैभन्दा कम ब्याजदरदेखि गणना सुरु गरिन्छ। अधिकतम जतिमा कट अफ हुन्छ त्यसैलाई एकल ब्याजदर मानिन्छ। एकल ब्याजदरभन्दा कम ब्याजदरका लागि बोलकबोल गर्नेहरुले पनि सोहि एकल ब्याजदर प्राप्त गर्न सक्नेछन्। ऋणपत्र धनीले बिक्री गर्नु परेमा नेपाल स्टक एक्सचेन्ज मार्फत गर्नुपर्ने हुन्छ।

Advertisement