July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

सुनको मूल्य प्रतितोला ९०० ले वृद्धि

काठमाडौं – आज सुनको मूल्य प्रतितोला  ९०० ले उकालो लागेको छ।  

छापावाला सुन आज प्रतितोला ९५ हजार २०० मा कारोवार भएको छ। छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला  ८५० ले वृद्धि भएको छ। तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुन आइतबार प्रतितोला  ९३ हजार ८५० मा कारोवार भएको थियो।

Advertisement

यस्तै चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ। चाँदी प्रतितोला आज एक हजार ३२० मा कारोवार भएको छ।