April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सांसदलाई दसैंभत्ता बाँड्दा राज्यकोषमा २१ करोड ३३ लाखको भार

3.9K

काठमाडौं–संसद सचिवालयले दसैंभत्तावापत सांसदहरुको खातामा रकम पठाएपछि सांसदहरुको चौतर्फी विरोध भएको छ।

कोरोना संक्रमणले मुलुक आहत भएका बेला दसैंभत्ता वितरण गरिएपछि चर्को विरोध भएको हो। संसद सचिवालयले प्रति सांसद ६४ हजार ७० रुपैयाँ बैंक खातामा पठाएको थियो। सांसदलाई पठाइएको रकमले राज्यकोषमा २१ करोड ३३ लाख पाँच हजार ३१० रुपैयाँ भार पर्दछ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सांसदको भत्ता फिर्ता गर्ने निर्णय गरिसकेको छ। कांग्रेसका प्रतिनिधि सभामा ६३ जना र राष्ट्रिय सभामा ६ जना सांसद छन्। दुवै सदनमा गरि कांग्रेसका ६९ सांसद छन्। त्यसमध्ये विजय गच्छदार र अफताब आलम निलम्बित छन्। कांग्रेसका ६७ सांसदले दसैंभत्ता फिर्ता गर्दा राज्यकोषमा ४२ लाख ९२ हजार ६९० रुपैयाँ फिर्ता हुन्छ।

Advertisement

प्रतिनिधि सभामा नेकपा १७४ र राष्ट्रिय सभामा ४९ सांसद छन्। पूर्वअर्थमन्त्री युवराज खतिवडाको स्थानमा राष्ट्रिय सभामा नेकपाका एक सांसद कम छन्। साथै, उपसभामुखको स्थान पनि रिक्त छ।  दसैं भत्ता वापतको अधिकांश रकम सत्तारुढ दलका सांसदको खातामा पुगेको छ। दुवै सदनका नेकपा सांसदका लागि कुल १४ करोड २८ लाख सात हजार ६१० रुपैयाँ राज्यकोषबाट गएको छ। 

यस्तै जनता समाजवादी पार्टीका दुवै सदनमा गरि ३७ जना छन्। जसमध्ये दुई जना रेशम चौधरी र हरिनारायण रौनियार निलम्बनमा छन्।