काठमाडौं–सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा करोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्यसमेत बढेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ तोकिएको छ।
बुधबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।