July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

मेगा बैंकको १३.०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं – मेगा बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १३.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। बैंकले बोनस शेयर र नगद लाभांशसहित एक अर्ब ७३ करोड रुपैयाँ वितरण गर्ने भएको हो।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्रै वार्षिक साधारणसभा बोलाउन सक्ने छ। साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन्। बैंकको शेयर मूल्य २६८ रुपैयाँ रहेको छ।

Advertisement