July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

कुशल थलङले ल्याए-आनाकानी गर्छौं किन ?

काठमाडौं: गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली… बोलको गीत लिएर आएका हुन् ।

रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका हुन् ।म्युजिक भिडियोमा सार्वजनिक गरिएको गीतमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु लिम्बू, कानुन लिम्बू थेबे, रोयल लिम्बू, करिश्मा क्षेत्री, कृति मिभक, सबनम राईले अभिनय गरेका छन् ।

आफ्ना भाईहरुले विवाह गरिसक्दा पनि जेठोको जीवन आनाकानीमै बितेको दिनचर्यालाई रोमाञ्चक ढङ्गले भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोको लागि सोम मगरातीको श्रृङ्गार, छायांकन भूपेन्द्र तुम्बाहाम्फे, पोष्ट प्रोडक्सन रमेश मिभक र पुष्पा तुम्बाहाम्फे, सम्पादन अनिल राना र निर्देशन दिनेश माङ्मुले गरेका हुन् । भिडियो कुशल थलङको आफ्नै च्यानलबाट हेर्न र सुन्न सकिन्छ ।

Advertisement