काठमाडौँ – एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । अञ्जुले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । दुबैको परिवारमा बिहेको कुराकानी भैरहेपनि मिति भने तय भएको छैन ।
‘हामीहरु एकबर्षदेखि प्रेममा छौ भनेर थिर यस अगाडि नै स्विकारेका थिए। तर, तत्काल बिहे गर्ने, भव्य रुपमा गर्ने, लूगा नै सिउन दिएको भन्ने हल्लाहरु गलत हुन् । बिहेको कुरा भैरहेको छ । चाडै पनि हुनसक्छ, केही समय पनि लाग्न सक्छ ।’ उनले, आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब भने भएको थिरले जानकारी दिए ।
उनले अगाडि भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाहा हुँदै थियो । तर, बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’ हाम्रो बिहे पक्क हुने छ उनलेे भने ।छाेरीकाे दबाबले पनि आफुले बिहे गर्नुपर्ने अवस्था आएको अञ्जुले बताएकि छिन ।उनकी छाेरीले आमाले बिहे गर्नुपर्ने बताउदै आएकि थिइन ।