July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

जनकपुर – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरस्वती पूजाका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । वसन्त पञ्चमीको अवसरमा वैदिककालदेखि ज्ञानको ज्योतिको रुपमा सरस्वती पूजा गरी मनाइँदै आएको उल्लेख गर्दै उहाँले स्रष्टा, सर्जक तथा अध्येताहरुलाई आ–आफ्ना विद्यामा सरस्वती माताले थप ऊर्जा प्रदान गरून् भन्ने कामनासमेत गर्नुभएको छ ।

उहाँले विज्ञप्तिमा विद्याको क्षेत्रमा पछाडि परेका वर्ग र समुदायलाई शिक्षा ग्रहण गर्न सरस्वतीले प्रेरित गरून् भन्ने कामनासमेत गर्नुभएको छ । वसन्तपञ्चमी उत्साहका मनाइँदै वसन्त ऋतुको आगमनका साथ विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको आज बिहानैदेखि पूजापाठ भइरहेको छ ।

ज्ञान, बुद्धि र विवेकका लागि श्रद्धाका साथ जनकपुरधामलगायत विभिन्न ठाउँका घर–घरमा विद्यार्थी, कलमजीवीहरुले ज्ञान, बुद्धि र विवेकका लागि विद्याकीदेवी सरस्वतीको अपार श्रद्धाका साथ पुजापाठ गरिरहेका छन् । धार्मिक एवं सांस्कृतिक पर्व रुपमा मनाइने वसन्तपञ्चमीमा सरस्वती मन्दिरका साथै विभिन्न टोलमा माटोको कलात्मकमूर्तिमा आज विधिवत् रुपमा प्राण प्रतिष्ठा गरी उत्साह एवं उल्लासमय वातावरणमा पूजापाठ गरिरहेका छन् । विद्यार्थीहरुले बिहानै स्नान गरी आ–आफ्ना घरमा पुस्तक र कलमको अनिवार्य रुपमा पूजा गर्ने गर्छन् ।

Advertisement

सो अवसरमा बुनिया, बयर र शखरखण्ड र सुन्तला अनिवार्य रुपमा प्रसादको रुपमा चढाउने गरिन्छ । हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्लपञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवीसरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ ।