March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

श्रोत नखुलेको १ करोड १ लाख नगद बरामद

1.1K

विराटनगर । सशस्त्र प्रहरीले श्रोत नखुलेको १ करोड १ लाख नगद बरामद गरेको छ । जेठ १९ गते शनिबार राती सशस्त्र प्रहरीले हुन्डिको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको हो ।

प्रहरीका अनुसार सुनसरी जिल्लाको हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कार भित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । रकमसँगै कार र चालक सुनसरी जिल्ला हरिनगर गाँउपालिका–५ बस्ने अन्दाजी बर्ष ३७ को ईसा अन्सारीलाई सशस्त्रले नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् । नगद रकम , कार र चालकलाई थप अनुसन्धान तथा कारबाहिका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।