May 1, 2024, Wednesday
२०८१ बैशाख १९
1:37:26 pm

पेस्तोल देखाएर लुटपाट गर्ने सुमन परियार पक्राउ

595

विराटनगर। भोजपुरमा पेस्तोलसहित लुटपाटमा संलग्न १ जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा टेम्के मैयुङ गाउँपालिका- १ का ३७ वर्षीय सुमित भन्ने सुमन परियार रहेका छन्।

भोजपुरको षडानन्द नगरपालिका- ९ स्थितबाट पेस्तोलसहित लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका परियारले गत आइतबार सोही स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका- २ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरेका थिए । त्यसपछि फरार भएका उनलाई इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका ८ बजे सोही जंगलमा शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैया तथा सुनका गरगहना समेत बरामद गरेको छ ।

Advertisement

परियार २०७६ फाल्गुन २१ गते संगठित अपराध, अपराधिक उपद्रव, एनसेल टावर आगजनी, जेसीबी आगजनी, राज्यबिरुद्धको कसुर लगायत ५ वटा मुद्धामा कैद सजाय भुक्तान गरी २०८० भदौमा कारगारबाट छुटेको खुल्न आएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।