May 27, 2024, Monday
२०८१ जेष्ठ १४
1:37:26 pm

काठमाडौंबाट एक नक्कली डाक्टर पक्राउ

1K

काठमाडौं । काठमाडौंबाट एक नक्कली डाक्टर पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।

सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको हो । उनलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भट्टाचार्यले भारतबाट एमबीबीएस उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।

Advertisement

उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।