May 24, 2024, Friday
२०८१ जेष्ठ ११
1:37:26 pm

राजश्व छलीका विभिन्न ८० थान मोबाइलसहित एक जना पक्राउ

925

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट राजश्व छलीका विभिन्न कम्पनीको ८० थान मोबाइलसहित एकजना पक्राउ परेका छन् ।

काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ बस्ने रामेछाप लिखु गाउँपालिका–६ घर भएका २९ वर्षीय मिलन श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

न्यूरोड क्षेत्रमा राजश्व छलीका मोबाइल लुकाई राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई उक्त मोबाइल र बा.१९ च ५०९४ नम्बरको गाडीसहित पक्राउ गरेको हो ।

Advertisement

उनलाई आवश्यक कार्वाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।