March 28, 2026, Saturday
२०८२ चैत्र १४
1:37:26 pm

प्रधानमन्त्री शाहलाई ३ र ५ मन्त्रीलाई २/२ मन्त्रालय

700

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सपथ लिएसँगै उनले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

अहिले २२ मन्त्रालय रहेकामा प्रधानमन्त्री शाहले आफूसँग प्रधानमन्त्री कार्यालयसँगै रक्षा तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राखेका छन् भने बाँकी ४ मन्त्रीलाई दुई÷दुई मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

शाहले सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

Advertisement

प्रतिभा रावललाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन, गीता चौधरीलाई कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण र निशा मेहतालाई स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

बाँकी मन्त्रीलाई एक÷एक मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै डा. स्वर्णिम वाग्लेलाई अर्थ, सुदन गुरुङलाई गृह, शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाई, खडक पौडेल (गनेस)लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा.विक्रम तिमल्सिनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका शाहले श्रम रोजगार मन्त्रालयको जिम्मेवारी दीपक साहलाई र सीता बादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।