काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्बाङले प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा मनोनयन दर्ता गरेका छन् ।
फागुन २१ मा हुन गइरहेको निर्वाचनका लागि उनले मंगलबार मनोनयन दर्ता गरेका हुन् ।
संविधानसभाका पिता स्वः सुवास नेम्बाङका सुपुत्र सुहाङ नेम्बाङका सुपुत्र आफ्नो पिताको निधनपछि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै विजयी भएका सुहाङले पुनः मनोनयन दर्ता गराएका हुन् ।
यसपटकको निर्वाचनमा पनि विजयी गराउन उनले मतदातासँग अनुरोध गरेका छन् ।