काठमाडौं । लायन्स क्लब अफ काठमाडौं, लियो क्लव अफ काठमाडौं मीनभवन र सिष्टको संयुक्त आयोजनामा निःशुल्क आँखा जाँच र रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल आयल निगम, हवाई इन्धन डिपो सिनामंगलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ८१ जनाले आँखा जाँच र २४ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा निगमका कर्मचारी, नेपाली सेना, चालक एवं मजदुरहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ डि का गभर्नर लायन शुरेन्द्र प्रकाश वालाय, डिष्ट्रिक एडिशनल सेक्रेटरी लायन नरेश खड्का, लायन्स क्लव अफ काठमाडौं, लियो क्लव अफ काठमाडौं मीनभवन र लियो क्लव अफ काठमाडौं सिष्टका पदाधिकारी एवं सदस्यहरुले कार्यक्रममा स्वयंसेवकको भूमिका वहन गरेका थिए ।
कार्यक्रममा आँखा जाँचको लागि लायन्स आँखा अस्पताल र रक्त संकलनको लागि कान्तिपुर अस्पतालबाट विज्ञहरुको सहभागिता रहेको थियो ।
आँखा जाँच एवं रक्तदान कार्यक्रम सफल बनाउन हवाइ इन्धन डिपो सिनामंगलका कार्यालय प्रमुख, लेखा अधिकृतलगायत निगम परिवारले समन्वय गरी महत्वपूर्ण सहयोग पुर्याइएको थियो ।