April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

भ्याट छली गर्नेलाई सरकारले छाड्दैनः अर्थमन्त्री महत

२०८० फाल्गुन १८

1.8K

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले भ्याट छली गर्नेलाई सरकारले नछाड्ने बताएका छन् । शुक्रबार बागलुङस्थित आन्तरिक राजश्व कार्यालय अनुगमनमा पुगेका मन्त्री महतले जनताले तिरेको भ्याट छलेर खानेलाई जुनसुकै हालतमा कारबाही गर्ने बताएका हुन् ।

अर्थमन्त्री महतले जानाजान कर नतिरेका, भ्याट छलेका घटनाले लक्ष्य पुग्न कठिन भएको बताए । उनले भने, ‘भ्याट भनेको जनताले मूल्यमै तिरिसकेको राजश्व हो, त्यो हिनामिना गर्ने अधिकार कसैलाई छैन । त्यस्तो अपराध गर्ने र गराउन सहयोग गर्नेलाई कडा कारबााही हुन्छ ।’ लक्ष्यअनुसार राजश्व संकलनमा भ्याट छलीगर्ने प्रवृत्ति हावी हुन नदिने पनि महतले बताए ।

लक्ष्यबढी कर संकलन गरेर राज्यको आयश्रोत बढाउने र विकासका योजनामा लगानी गर्ने पनि मन्त्री शर्माले बताए । पर्यटन प्रवर्द्धन, कृषि उपज उत्पादन जस्ता क्षेत्रमा लगानी गरेर दिगो श्रोतको सुनिश्चित गरिने उनको भनाई थियो । उनले भने, ‘यस अघिको सरकारले सिर्जना गरेका दायित्व तिर्दा सरकारको बजेट अभाव भएको छ, त्यसैले धेरै योजना कटौती भएका छन् । हामीले योजना काटेका होइनौं, महत्वकांक्षी योजना घोषणा गरिएकोले यो समस्या आएको हो ।’ बैंकको व्याजदर घटेकोले ऋण प्रवाह, ब्याज आम्दानी तथा उत्पादन बढ्ने उनले बताए ।

Advertisement