April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

भारतको बिहारमा विधानसभाका लागि दोस्रो चरणको मतदान

२०७७ कार्तिक १८

5.7K

काठमाडौँ- भारतको बिहारमा विधानसभा सदस्य चुन्नका लागि आज दोस्रो चरणको मतदान भइरहेको छ ।

बिहान ७ बजेबाट १७ जिल्लामा सुरू भएको मतदानमा ९४ सिटका लागि १ हजार ४ सय ६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यो चुनावमा २ करोड ८६ लाख मानिसले मतदान गर्ने अपेक्षा गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

Advertisement

बिहारमा नीतिश कुमार चौथोपटक मुख्यमन्त्री बन्ने प्रयासमा छन् । उनलाई लालुप्रसाद यादवको अनुपस्थितिमा उनका कान्छो छोरा तेजस्वी यादवले चुनौती दिइरहेका छन् ।