April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नापतौलमा ठगी गर्ने ८५ उद्योगी व्यवसायी कारबाहीमा

7.5K

काठमाडौं–नापतोल यन्त्र प्रयोग गरी ठगी गर्ने ८५ उद्योग कारबाहीमा परेका छन। नेपाल गुणस्तर तथा नापतौल विभागले  भदौ र असाेजमा बजार अनुगन गरी नापतौल यन्त्रको माध्यमबाट ठगी गर्ने ८५ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको हाे।

विभागले २ महिनामा ६ सय ९० वटा उद्योग तथा विभिन्न खालका पसलको अनुगमन गरेको थियो। जसमा ८५ वटा उद्योगको नापतौल यन्त्रमा खराबी फेला पारेको छ। विभागले १ सय ५१ वटा किराना पसल, ३२ वटा होलसेल विक्रेता, ६० वटा उद्योग, ५३ वटा फलफूल-तरकारी पसल, ३८ वटा माछा मासु पसल, १८ वटा ग्यास उद्योग, ९० वटा पेट्रोल पम्प र १ सय ४५ वटा सुनचाँदी पसलको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा विभागले विक्री स्थलमा तौलने यन्त्र नराखेको र नाप्ने तौलने यन्त्रहरुको समयमै नवीकरण  नगरेको फेला पारेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।

Advertisement

यसैगरी विभागले विभिन्न फर्मले नाप तौलसम्बन्धित कागजपत्र पेस नगरेको र स्टाण्डर्ड नाप र तौल ऐन २०२५ को दफा २५ अनुरुप नापतौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमति नलिएकोसमेत फेला पारेको थियो।

यसैबीच विभागले ५ वटा फर्मविरुद्ध विभिन्न जिल्ला अदालतमा अभियोग दर्ता गरेको जनाएको छ।  जसमा काठमाडौं कार्यालयबाट गोरखकाली ग्यास सेन्टर ढुंगेधारा, मातारानी टेडिङ प्रालि घट्टेकुलो र  न्यु टीका डेरी सेन्टर मानभवनविरुद्ध अभियोग दर्ता गरेको छ।