April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायती सांसद डेभिड एम्सको छुरा प्रहार गरी हत्या

2.6K

लन्डन । बेलायतका सांसद डेभिड एम्सको छुरा प्रहारबाट हत्या भएको छ । पूर्वी इङ्ल्याण्डको लीग–इन–सी चर्चमा बैठकमा सहभागी रहेको अवस्थाामा पटकपटक छुरा प्रहार उनको हत्या गरिउको बीबीसीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामन प्रहरीले २५ वर्षीया एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ । राजनीतिमा एक दयालु व्यक्तिको पहिचान बनाएको उनको चर्चमा स्थानीयहरुसँग छलफल गरीरहेको अवस्थामा आक्रमण भएको समाचारमा जनाइएको छ ।

आक्रमणबाट गम्भीर घाइते भएका एम्सको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । एम्समाथि आतंकवादीहरुले आक्रमण गरेको त्यहाँको सरकारले जनाएको छ ।

Advertisement

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार आफ्ना मतदातासँग नियमित अन्तरक्रिया गर्ने सांसद एम्समाथि योजनावद्ध रुपमा हमला भएको प्रहरीको दावी छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जनसनले घटनाप्रति दुख व्ज्यक्त गर्दै दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आतंकवादविरुद्ध फेरि एकजुट हुनुपर्ने बेला आएको पनि बताए ।

एम्स सन् १९९७ देखि साउथेन्ड वेस्टका लागि सांसद निर्वाचित भएका थिए । सन् २०१६ मा पनि लेबर पार्टीका सांसद जो कोक्समाथि उत्तरी इंग्ल्याण्डको निर्वाचन क्षेत्रमा गोली हानी हत्या गरिएको थियो ।