November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मेडिकल व्यवसायी दुर्गा प्रसाईं ‘मार्सी’ ब्राण्डको बियर ल्याउँदै

5.2K

काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘मार्सी’ ब्रान्डको बियर ल्याउने भएका छन्। टाइगर ब्रुअरी उद्योग खरिद गर्दै उनले ‘मार्सी’ ब्रान्डको बियर बजारमा ल्याउन लागेका हुन्।

करिब ४ अर्ब रुपैयाँमा उद्योग खरिद गरिसेको प्रसाईंले बताए। मार्सी प्रिमियम र मार्सी स्ट्रोङ गरी दुई प्रकारको रङमा बियर उत्पादन हुने प्रसाईंले जानकारी दिए।

‘मार्सी ब्रान्डको बियर दसैं तिहारलगत्तै बजारमा आउँछ,’ उनले भने, ‘बियर उत्पादनका लागि आवश्यक मार्सी चामल खरिद प्रक्रिया सुरु भइसकेको छ।’

Advertisement

हिमालको काखमा फलेको मार्सी चामलबाट बियर उत्पादन गरेर बजारमा ल्याउने उनको दाबी छ।

‘बियरमा ७० प्रतिशत जौ र ३० प्रतिशत चामल मात्रै रहने छ। चामलमा मार्सीमात्रै प्रयोग हुन्छ।  विदेशबाट आयातित चामल प्रयोग हुँदैन,’ उनले भने।

उनका अनुसार टाइगर ब्रुअरीले प्रतिघन्टा २२ हजार बोत्तल बियर उत्पादन गर्न सक्छ।