खाेटाङ । नेपाली काङ्ग्रेस खोटाङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित युवा नेता रविप्रकाश राईले आसन्न १४औं महाधिवेशनमा आदिवासी जनजाती तर्फबाट केन्द्रिय सदस्य पदमा उम्मेद्वारी रहने घोषणा गरेका छन।
खोटाङ जिल्ला सभापतिका प्रत्यासी रहेका राईले संस्थापन पक्षको एकल उम्मेद्वार खडा गर्ने क्रममा आफ्नो उम्मेद्वारी फिर्ता लिदै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका थिए। युवा नेता राईले, नेपाली काङ्ग्रेसमा आफ्नो र भावी पुस्ताको प्रतिनिधित्व र पुस्ता समन्वयको महत्वका लागी केन्द्रिय सदस्य पदमा उम्मेद्वारी रहेको बताएका छन।
साथै, उनले जनस्तर र जनमनमा विराजमान काङ्ग्रेसको छवी व्युताउनका निम्ती र संगठन निर्माणमा विश्वास राख्ने सुदृढ र सबल काङ्ग्रेस निर्माण गर्नका लागि पनि केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेद्वारी रहेको जानकारी दिए।
लामो समय वेलायतमा रहि प्रवासका विभिन्न जनसम्पर्क समितीहरुमा संगठन विस्तार गरि स्वदेश फर्किएका नेता राई जिल्लामा संगठन निर्माण गर्न सक्ने नेताका रुपमा चिनिन्छन। युवाहरु माझ प्रिय छवि बनाएक राई २०७० सालको संविधान सभा सदस्यका उम्मेद्वार समेत थिए।