April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

विश्व पृथ्वी दिवसका अवसरमा पशुपतिमा सरसफाइ

लेखनाथ सिकारु
२०८१ बैशाख १०

1.3K

काठमाडौं । विश्व पृथ्वी दिवसका अवसरमा काठमाडौंस्थित विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ,स्वयम्भु र बाैध्द परिषर सरसफाइ गरिएकाे छ । युनिभर्सल पिस सेन्चुरीमार्फत विभिन्न संघ संस्थाको सहकार्यमा शनिवार विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू आईतबार पशुपतिनाथ र साेमबार बाैध्द परिषर सरसफाइ गरिएको अभियानका समन्वयकर्ता नवीन महर्जनले बताए।

सरसफाई कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव एवं पूर्व राजदुत लीलामणि पौडेल, युनिभर्सल पिस स्यान्चुरी तथा श्याल्पो गुम्बा संरक्षक श्याल्पा रिन्पोछे, पशुपती विकास कोष सदस्य सचिब राजु केसी युनिभर्सल पिस स्यान्चुरीका सफाई कार्यक्रमका संयोजक छोईङ देचेन, बागमती अभियान किसोर शाही , श्याल्पो गुन्बाका भिक्षुहरू, अमेरिकन एम्बेसीका प्रतिनिधिहरू, युवा अभियन्ताहरू र निस्वार्थ रुपमा सरसफाईको यस नयाँ मोडल जान्न विभिन्न स्थानहरुबाट सहभागी भएका थिए ।

कार्यक्रममा संरक्षक तथा श्याल्पा रिन्पोछेले पवित्र मातृभूमिको देश, पवित्र तमोभूमि पशुपती लगायत नेपाल प्रकृतिले उपहार दिएको सुन्दर ठाउँ रहेको र त्यस ठाउँलाई सुन्दर र सफा बनाउनु सबैको कर्तव्य र दायित्व भएको बताए ।
पशुपति विकास कोषका सदस्य सचिव राजु केसीले सफाई अभियान निरन्तर हुनुपर्ने बताए । सफाई अभियान रबर जस्तो तन्कन पर्ने राय उनकाे थियाे ।

Advertisement

सरसफाइ गर्दा संकलन भएको फोहोरमध्ये कागज, कपडा, प्लास्टिक र सिसा पुनः चक्रणका लागि पठाइएको छ भने कुहिने फोहोर मात्र ल्यान्डफिल साइट पठाइएको छ।

३ दिन सम्म चलेको सरसफाई कार्यक्रममा प्लाष्टिक, शिशा, कपडा लगायतका फोहोरहरु जम्मा गरिएको छ । जथाभावी फालिएका बोटल, प्लाष्टिकलगायतका फोहोरबाट प्रशोधन गरेर विभिन्न सामग्री बनाइ मोहोरमा परिणत हुने हुनाले छुट्टा छुट्टै संकलन गरिएको हो ।

सरसफाई कार्यक्रममा प्लाष्टिक, शिशा, कपडा लगायतका फोहोरहरु जम्मा गरिएको छ । जथाभावी फालिएका बोटल, प्लाष्टिकलगायतका फोहोरबाट प्रशोधन गरेर विभिन्न सामग्री बनाइ मोहोरमा परिणत हुने हुनाले छुट्टा छुट्टै संकलन गरिएको हो ।

विश्व पृथ्वी दिवस २०२४ को नारा ‘पृथ्वी र प्लास्टिक’ राखिएको छ । नेपालमा प्लास्टिकका अधिकतम प्रयोगले वातावरण प्रर्दुषण हुँदै गइरहेको छ ।

सरसफाइ कार्यक्रम अन्तर्गत आजको कार्यक्रम बौद्ध माहाङकालबाट सुरु भई रामहिटी, बौद्ध फुलबारी, बौद्ध स्तुपा हुँदै पुन: माहाङकालमा पुगेर समापन गरिएको थियो ।


कार्यक्रमलाई समापन गर्दै श्याल्पा तेन्जिङ रिन्पोछेले आगामी दिनमा पनि यस्ता कार्यहरू निरन्तरता गर्ने बताउदै कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

नयाँ मोडलबाट फोहोर छुटाएर सदुपयोग गर्ने हो भने फोहोरलाई मोहोर बनाउन सकिने वातावरण संरक्षणमासमेत टेवा पुग्ने बताईएको छ ।

कार्यक्रमले ‘फोहोर होइन, मोहोरको पहिचान गरी त्यसको उचित व्यवस्थापन गरौं’ भन्ने सन्देश दिएको छ ।

६ प्रकारले फोहोरको वर्गीकरण गरिएकोमा ५ प्रकारको फोहोरलाई पुनः प्रयोगमा ल्याउन सकिने समेत बताईएको थियो ।

नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर प्रभाव परेको, फोहोरमा अत्याधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्यसमेत चुनौतीपूर्ण बन्दै गइरहेको जनाउँदै अभियानले यस्ता विषयमासमेत सचेतना अभियान संचालन गर्ने जनाएको छ ।

पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो ।

यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरीकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । पछि अमेरिकी सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिनदेखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरी नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।

सन् १९९२ मा ब्राजिलको रीयो दी जेनेरीयोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्‍याएको थियो । त्यसपछी सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निणर्य गरेको हो ।