May 3, 2024, Friday
२०८१ बैशाख २१
1:37:26 pm

सुनको सिक्री थुतेर भाग्दै गर्दा पक्राउ

305

विराटनगर । झापामा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ स्थित तेलीवारि निवासी ३९ वर्षीय दिवस राजवंशी रहेका छन् । 

प्रहरीका अनुसार सोमबार साँझ ७:२५ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर-१३ स्थित श्रीनाथ पेट्रोल पम्पनजिक पैदल हिँडिरहेकी मेचीनगर-१२ सहरेडाँगी निवासी २१ वर्षीया रचना आङदम्बेले घाँटीमा लगाएको एक तोला सुनको सिक्री थुतेर साइकलमा भाग्दै गर्दा राजवंशी पक्राउ परेका हुन् ।

साइकल चढेर आएका अपरिचित व्यक्तिले महिलाको घाँटीबाट सुनको सिक्री थुती भागेको सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजवंशीलाई भाग्दै गरेको अवस्थामा फुलवासा खोलाबाट पक्राउ गरेको थियो।

Advertisement

उनलाई सुनको सिक्री र साइकलसहित इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।