न्यूयोर्क: ट्वीटरले डोनाल्ड ट्रम्पको व्यक्तिगत एकाउन्ट (@realDonaldTrump) सधैका लागि खारेज गरेको छ । हिंशाका लागि उत्तेजना फैलाउन सक्ने देखिएको भन्दै ट्वीटरले ट्रपको एकाउन्ट खारेज गरिएको ट्वीटरले जनाएको छ ।
बुधबार ट्वीटरले ट्रम्पको खाता १२ घण्टाका लागि फ्रिज गरिदिएको थियो । अतिरिक्त नियमको उल्लंघन भएको खण्डमा सधैका लागि खाता खारेज गरिदिने चेतावनी समेत दिएको थियो ।
ट्वीटरले यसबारेमा विस्तृत ब्लग समेत प्रकाशि गरेको छ ।
ट्रम्पले शुक्रबार दुईवटा ट्वीट गरेलगत्तै ट्वीटरको निर्णय आएको हो । पहिलो ट्वीट ट्रम्पका समर्थकहरुका लागि रहेको थियो । जसमा उनले भनेका थिए (‘७५ मिलियन मलाई मतदान गर्ने अमेरिकन देशभक्तहरु, अमेरिका फस्ट र मेक अमेरिका ग्रेट अगेनसँग भविश्यमा निकै ठूलो आवाज हुनेछ । तिनीहरुको आकार, प्रकार र स्वरुपमा अनादर र अनुचित व्यवहार गरिने छैन ।’
त्यसपछि ट्रम्पले अर्को ट्वीटमा ट्रम्पले जो बाइडेनको शपथ ग्रहण समारोहमा उपस्थीत नहुने बताएका थिए । उनले भनेका थिए – ‘जसले सोधेका छन् जी सबैका लागि जानकारी दिन चाहन्छु कि म जनवरी २० मा हुने सपथग्रहणमा जानेछैन ।’
ट्रम्पको यो एकाउन्टमा ८८ दशमलव ७ मिलिन फ्लोअरहरु रहेका थिए ।