April 19, 2024, Friday
२०८१ बैशाख ८
1:37:26 pm

चन्द्रागिरीमा एक युवकको शव फेला

1.2K

काठमाडौं । काठमाडौंमा एक युवकको शव फेला परेको छ । बिहीबार चन्द्रागिरी नगरपालिका–४ चित्लाङ जाने बाटो हिँमचुलीमा ३० वर्षीय सुजन लामाको शव फेला परेको हो ।

प्रहरीका अनुसार घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । लामाको मृत्यु के कारणले भयो, त्यसबारेमा भने हालसम्म केही खुलेको छैन् । लामाका परिवार घटनास्थलमा पुगिसकेका छन् ।

उनको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । अहिले डाक्टरको टोली पनि घटनास्थलमा पुग्दैछ ।

Advertisement