जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी नेपालको विकासका लागि राम्रो भएको बताएका छन् ।
मंगलबार काँग्रेसको प्रदेश २ अधिवेशनका निम्ति जनकपुरधाम आएका गृहमन्त्री खाणले बिहान पत्रकारसँग कुराकानी गर्ने क्रममा संसदमा एमसीसी सम्झौता अगाडि बढाउनु गलत नभएको बताएका हुन् ।
मन्त्रीले खाँणले एमसीसी अगाडि बढाउन सहमतिको प्रयास भइरहेको पनि बताए । तर प्रस्ताव अगाडि बढ्ने वा पारित हुने स्थितिबिना रणनीतिक रुपमा अगाडि बढाउँदा समस्या हुने भएकाले सहमतिको प्रयास भइरहेको मन्त्री खाँणले बताए ।