January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

‘पत्रकार सहकारी’ बनाएर संचालन गर्न सकिने मन्त्री जनार्दन शर्माको भनाइ

395

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ‘पत्रकार सहकारी’ बनाएर लैजानुपर्ने बताएका छन् । मंगलबार प्रेस सेन्टर ललितपुरको चौथो अधिवेशनलाई सम्बोधन गर्दै शर्माले सामुदायिक पुँजी निर्माण गर्न उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने बताएका हुन् ।

“पत्रकारिता मात्र पूर्ण पेसा नभएर अरू हिसाबले पनि आत्मनिर्भर हुनका लागि पत्रकारहरूको सहकारी समूह बनाएर तपाईंहरू सञ्चालन गर्न सक्नुहुन्छ,” उनले भने, “एकातिर आत्मनिर्भर हुँदै पनि जाने र सामुदायिक शक्ति तथा क्षमतालाई पनि विकास गर्दै जाने गर्न सक्नुहुन्छ ।”, मन्त्री शर्माले बताए । त्यसबाट समग्र सामाजिक तथा राजनीतिक विचारलाई पनि स्थापित गर्दै लान सकिने उनको भनाई थियो ।

मन्त्री शर्माले तत्काल राष्ट्रिय पुँजी निर्माण हुने सम्भावना कम रहेको बताउँदै पहिले सामुदायिक पुँजी निर्माण गर्नुपर्नेमा जोड दिए । उनले व्यक्तिगत प्रतिस्पर्धाहरूलाई पनि कायम गरी समुदायलाई बलियो बनाउन स्रोत र साधनको स्वामित्व समुदायलाई प्रदान गर्नुपर्ने बताए ।

Advertisement

त्यसैगरी पत्रकारहरूलाई गलत अवस्थामा पार्टीको आलोचना गर्ने स्वतन्त्रता रहेको पनि उनले बताए । आस्थाकै आधारमा गलत कार्य तथा प्रवृत्तिको आलोचना गर्न नपाउने भन्ने नहुने मन्त्री शर्माको भनाइ थियो ।