January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

नेपाली काँग्रेस कञ्चनपुरको पार्टी सभापतिमा पदम बोगटी निर्वाचित

245

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरको पार्टी सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी बहादुरसिंह थापालाई पराजित गर्दै बोगटी विजयी बनेका हुन् ।

आज आएको मतपरिणामअनुसार बोगटी ९१ मत अन्तरले पदम बोगटी निर्वाचित भएका छन् । बोगटीले ८०६ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी बहादुरसिंह थापाले ७१५ मत प्राप्त गरे ।

त्यसैगरी काँग्रेस उपसभापतिमा मीनबहादुर सिंह र हरिचन्द्र राना निर्वाचित भए । सिंहले ७८६ मत प्राप्त गरे भने रानाले ७६३ मत प्राप्त गरी विजयी भए । उपसभापतिका प्रत्यासीद्वय दिवाकर पाण्डेयले ७०४ र शङ्करबहादुर चन्दले ७४० मत पाए ।

Advertisement

त्यस्तै सचिव पदमा भीमराज भट्ट र हेमराज ओझा भए । त्यस्तै सहसचिवमा नाफुसिंह साउँद र पुष्कल चौधरी निर्वाचित भए ।

बोगटी काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए भने नेता थापा अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउँद समूहको प्यानलमा थिए ।