June 15, 2025, Sunday
२०८२ असार १
1:37:26 pm

सहोदर दाजु भाइहरुले एउटै महिलालाई श्रीमती बनाउने नेपालको प्रथाले जित्यो यूरोपमा अवार्ड

5.9K

मनि थेबे भियना।

सुन्दा पनि अचम्म लाग्ने अझ भन्नु पर्दा सुप्रसिद्ध ग्रन्थ महाभारतको द्रौपदीको कहानी याद गराई दिने प्रथा जीवित छ र त्यो कहिँ अन्त नभएर हाम्रै मातृभूमि नेपालमा भन्दा सजिलै कसैले पत्याउँदैनन्। त्यहि प्रथा अर्थात् ‘बहुपति प्रथा’ ( सहोदर दाजु भाइहरुले एउटै महिलालाई श्रीमती बनाउने ) प्रथा का बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (Co-Husband) युरोपको प्रतिष्ठित चलचित्र महोत्सवमा पुरस्कृत भएको छ ।

निर्देशक गणेश पाण्डे र शारदा गैरे निर्मात्री रहेको वृत्तचित्रले स्लोभाकियाको पोपरोडमा आयोजित २९ औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपरोडमा ‘अनरेवल मेन्सन अवार्ड’ जितेको हो ।

Advertisement

निर्देशक पाण्डे र निर्मात्री गैरे अष्ट्रिया भ्रमणमा

यूरोप भ्रमणमा रहेका दम्पति निर्देशक र निर्मात्री स्वयम्ले अवार्ड ग्रहण गरेका थिए। कार्यक्रममा निर्णायक मण्डलले नेपालको धेरै नेपालीहरुलाई समेत थाहा नभएको प्रथा ”बहुपती प्रथा” का बारेमा बनेको वृत्तचित्रमा संवेदनशील र उत्कृष्ट प्रस्तुति रहेकाले पुरस्कृत गरिएको बताएका थिए । महोत्सवमा १७ वटा देशका ४४ वटा चलचित्रहरु प्रतिस्पर्धामा थिए ।
अवार्ड पाएपछि वृत्तचित्रका निर्देशक पाण्डेले आफ्नो फेसबुकमा लेखेका छन् , ”विभिन्न देशको फिल्मबीचको प्रतिष्पर्धामा पुरस्कृत हुनु आफैंमा गर्वको कुरा हो । अन्तर्राष्ट्रिय जुरी र दर्शकका सामू पुरस्कार थाप्न पाउँदा निकै खुसी लागेको छ । यसले आगामी दिनमा थप सिर्जनात्मक कार्यका लागि प्रोत्साहित गरेको छ ”
स्मरण रहोस , यो वृत्तचित्रले गत वर्ष रसियामा आयोजित १९ औँ अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो ।

साल्जवर्ग अष्ट्रियामा