April 20, 2026, Monday
२०८३ बैशाख ८
1:37:26 pm

एनआरएनए युकेको फेसबुक पेज ह्याक गर्ने शर्मा विरुद्ध कारवाही गरिने

3.8K

लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले आफ्नो आधिकारिक फेसबुक पेज अवान्छित रुपमा ह्याक गर्ने देवराज आचार्य (चिरन शर्मा) विरुद्ध साइबर सम्बन्धी कानुन अनुसार कार्वाही अगाडी बढाउने भएको छ ।


एनआरएनए युकेको गत मंगलबार बसेको बैठकले चिरन शर्मा विरुद्ध ब्रिटिश प्रहरी समक्ष साइवर अपराधमा एफआइआर दर्ता गर्ने निर्णय गरेको हो । बैठकले प्रबक्ता भरतमणी लिम्बुलाई यो कार्यको लागि जिम्मा दिएको छ ।


मानार्थ सदस्यमा मनोनित उनले गत हप्ता एनआरएनए युकेको फेसबुक पेज ह्याक गरी उपाध्यक्ष बद्री केसीको घोषणा सभाको प्रत्यक्ष प्रसारण गरेका थिए।

Advertisement


 एनआरएनए युकेको फेसबुक पेजको अनधिकृत प्रयोग गरेका चिरन शर्माको एनआरएनए युकेको सदस्यता समेत निलम्बन हुने भएको छ ।
संघको बैठकले फेस बुक ह्याक गर्ने शर्माको सदस्यता विधान अनुसार निलम्बन गर्ने प्रकृया पनि अगाडी बढाएको छ  ।