April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

बेलायतमा ५० प्रतिशत वयस्कलाई कोभिड भ्याक्सिन

3.8K

लन्डन– संयुक्त अधिराज्य बेलायतले कुल वयस्क जनसंख्याको करिब ५० प्रतिशतलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइएको बताएको छ।

बेलायतका हेल्थ सेक्रेटरी म्याट हानककले शुक्रबार बेलुकासम्ममा २ करोड ६२ लाख ६३ हजार ७ सय ३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिन लगाइएको बेलायत सरकारको तथ्यांकले देखाएको छ। यो संख्या पहिलो डोज भ्याक्सिन लगाउनेहरूको हो।

शनिबार सेक्रेटरी हानककले भनेका छन्, ‘शनिबार भ्याक्सिन लगाइएका मानिसहरुको संख्या यो तथ्यांकमा समावेश हुन बाँकी छ। कुल वयस्कको झन्डै आधा संख्यालाई भ्याक्सिन लगाएको छ।’

Advertisement

पछिल्ला दिनमा बेलायतमा भ्याक्सिन लगाउने मानिसको संख्या बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ।