April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

पछिल्लो २४ घण्टामा देशैभरी थपिए ७९ कोरोना संक्रमित, ८२ जना निको

2.3K

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ६३७ नमुना परीक्षणमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका ७९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ८२९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७१ हजार ८१५ पुगेको छ । निको हुनेको यो दर ९८.५ प्रतिशत हो ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६ पुगेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ४७ रहेको छ ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ९९८ रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २२ लाख ३३ हजार ३४५ वटा नमुना परीक्षण गरिएको छ ।