आजको मौसम पूर्वानुमानः पहाडी भागमा हल्का वर्षाको सम्भावना
काठमाडाै–नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले शुक्रबार पनि देशका विभिन्न स्थानमा बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहने महाशाखाको भनाइ छ। तराईका थोरै भूभागमा हस्सु र कुहिरो लाग्नेबाहेक भने अन्य भूभागहरूमा...