कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३९ पुग्यो
काठमाडाैं– कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट मृत्यु भएको हो। योसहित २१ देशमा कोरोना संक्रमणले ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा...