होलीको दिन ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुई जनाको मृत्यु
काठमाडौं । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ । झडपमा परी सुनसरी घर भई ढोलाहिटी बस्ने करिब २८ वर्षीय रोबर्ट राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पुजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराति करिब ११ बजे ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा भएको झडपमा...