स्वतन्त्र पालिका प्रमुखको प्राथमिक सन्देश
–भवानी बराल मुलुक भर ७५२ स्थानीय पालिकाको परिणाम आउँदा ३० जना स्वतन्त्र उम्मेद्वारहरु पालिका प्रमुखमा निर्वाचित भएर आएका छन् । यसमध्ये स्वतन्त्र मध्येका पनि निख्खुर स्वतन्त्र दुई जना मात्र छन् । यिनमा काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र धरान उप–महानगरपालिकाका हर्क राज राई (साम्पाङ) हुन । बाँकी २८ स्वतन्त्र कुनै न कुनै पार्टी चाहारिसकेकेका वैकल्पिक...