थेत्तरा हातहरू
– वाक्सेली थापा पाहुनाकोठा, चिया पसल वा चौतारीबाटतीखो धार बनाएर निरन्तरअठार सय चौबिस दिनसम्मउसैलाई सराप्छन् हातहरूउसैलाई गाली गर्छन् ओठहरूजो आँखैअगाडि छरेर झुटको बीउगर्छ धोकाको उन्नत खेतीर, फलाउँछ लहलह कसेराबारीमाकमिशनका झरिला बालाहरू । आफ्नो सुकिलो निधारबाटआफ्नै हातले उखेलेर भाग्यको जराउसैको निधारमा रोपिदिएको भोलिपल्टदेखिबदलामा लगातार सराप्दै बितेका छन्‘अ’ नै ‘अ’ ले ढाकेका अँध्यारा दिनहरूजस्तो कि अन्याय, अतिचार,...