नेपाली साहित्यमा आउनुपर्ने अर्गानिक कथाहरू थुप्रै छन्– कवि रिमा केसी
युवा पुस्ताकी प्रखर कवि हुन् रिमा केसी । महिला सशक्तीकरण तथा समसामयिक विषयमाथि कलम चलाउने केसीको ‘यात्रामा अक्षर’ कवितासंग्रह प्रकाशित छ । उनले हालसालै चर्चित भारतीय साहित्यकार अमृता प्रीतमका छानिएका कविताहरू नेपालीमा अनुवाद गरी ‘अमृता प्रीतमका छानिएका कविता’ पाठकमाझ ल्याएकी छिन् । उक्त पुस्तकले काठमाडौं–कलिङ साहित्य महोत्सवमा अनुवादतर्फ ‘यशस्वी’ अवार्ड प्राप्त गरेको थियो । यीनै...