भिरफूल कवि
सपना देख्ने उत्तमका आँखाहरु साना थिए । तर, ती आँखाहरुमा सजिएका उसको सपना भने कदापि सानो थिएन । हुन पनि गाउँमा अरु कसैले नदेखेको सपना देखेको थियो उत्तमले– कवि बन्ने । त्यही सपना पछ्याउँदै ऊ कुरुले तेनुपाको सानो गाउँबाट धनकुटा बजार आइपुग्यो, जसरी गाउँमुनिको सानो छरुवा खोला बग्दैबग्दै तमोरमा आइपुग्छ । धनकुटामा ऊ एउटा पुरानो...