कृत्रिम खुट्टाबाट सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बाजागाजासहित स्वागत
काठमाडौं । सगरमाथा आरोही हरिबहादुर बुढामगरलाई काठमाडौंमा स्वागत गरिएको छ । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका उनलाई त्रिभुवन विमानस्थलमा बाजागाजा र विभिन्न संघसंस्थाको व्यानरसहित भव्य स्वागत गरिएको हो । पूर्वब्रिटिस गोर्खा सैनिकसमेत रहेका बुढामगरलाई संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती, थबाङी समाज, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, नेपाल मगर एसोसिएनलगायतले भव्य स्वागत गरेका हुन्...