पाँच पोखरीमा पाँच दिन
मनसुनमा डुल्ने लत पहिल्यैबाट लागेको हो । पोहोर असारमा छोरोल्पा गएको अनुभूतिले रोमान्चित बनिरहेको मेरो मन फेरि पनि फूलचोकी डाँडाको कुहिरोझैँ अर्को ट्रेकको कल्पनामा उडिरहेको थियो । त्यहिबेला बर्खे बिदामा बसिरहेको शिक्षक साथी शिखर थापाले फोन गर्दै सोधिहाल्यो– “यस पटकको मनसुनमा कहाँ जाने प्लान छ बुढा ?” “जान त कताकता मन छ छ नि !”...