रेशम चौधरीलाई आममाफी दिइएको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं । रेशम चौधरीलाई आममाफी दिइएको सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । कैलालीको टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशब बोहराकी श्रीमती शारदाले दिएको रिट सर्वोच्चमा दर्ता भएको हो । मंगलबार दर्ता भएको उक्त मुद्दाको पेशी बुधबारका लागि तोकिएको छ । कैलालीको टीकापुर घटनामा ८ प्रहरीसहित एक बालकको मृत्यु भएको...