रास्वपामा सांसद फिर्ता बोलाउने (राइट टू रिकल) व्यवस्था
काठमाडौं । स्थापनाकालीन समयदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधानमा सांसद फिर्ता बोलाउने (राइट टू रिकल) व्यवस्था गरेको छ । जसलाई निरन्तरता पनि दिएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फका सांसदलाई फिर्ता गर्न सक्ने व्यवस्था विधानमा छ । प्रत्यक्षतर्फका जनप्रतिनिधिलाई फिर्ता गर्ने अधिकार साधारण सदस्यलाई दिइएको छ भने समानुपातिक सांसदलाई फिर्ता गर्ने अधिकार केन्द्रीय...