प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा गोलाप्रथाबाट काँग्रेसका गोपाल बस्नेत निर्वाचित
विराटनगर । प्रदेश १ मा सत्तारूढ गठबन्धनका उम्मेदवार गोपाल बस्नेत गोलाप्रथाबाट राष्ट्रिय सभामा निर्वाचित भएका छन् । बराबर मत आएपछि काँग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो । बस्नेत र बरालले ४ हजार ४ सय ८८ समान मतभार ल्याएपछि निर्वाचन अधिकृतले गोलाप्रथाबाट विजयी टुंग्याउने निर्णय गरेकामा काँग्रेसका उम्मेदवार विजयी बनेका...