राष्ट्रिय मुक्ति पार्टीको धनुषा–३ को क्षेत्रीय संयोजकमा दीपक झा चयन
जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले धनुषा निर्वाचन क्षेत्र नं. ३ का लागि दीपक झालाई क्षेत्रीय संयोजकमा सर्वसम्मत रूपमा चयन गरेको छ । पार्टीको क्षेत्रीय बैठकले संगठन सुदृढीकरण र क्षेत्रीय गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित झालाई संयोजकको जिम्मेवारी दिएको जनाइएको छ । केन्द्रीय उपाध्यक्ष तथा सो क्षेत्रका सम्भावित प्रतिनिधि सभा सदस्य उम्मेदवार...